काठमाडौं । काठमाडौं महानगरपालिका कमलादी पुतलीसडकस्थित काठमाडौं प्लाजा सर्ने तयारीमा रहेको छ ।
महानगरपालिकाका सुचना अधिकारी बसन्त आचार्यका अनुसार फागुनको अन्तिमतिर प्लाजामा महानगरको एकिकृत सेवा दिने गर्ने सर्ने तयारी गरेको हो ।
फागुनभित्र आवश्यक प्रक्रिया पूरा गरी नेपाल ट्रष्टसँग सम्झौता गर्ने तयारी भइरहेको आचार्यले बताए ।
महानगरमा विभिन्न १६ वटा विभाग ती विभागहरु मध्ये महानगरवासीले विभिन्न स्थानबाट सेवा लिन परिरहेका छन ।
महानगरले अहिले वातावरण विभाग टेकुमा, राजस्व विभाग बबरमहल, सहकारी विभाग बिजुलीबजार, शिक्षा विभाग ताहाचल, केही विभाग राष्ट्रियसभा गृहमा गरी विभिन्न दश स्थानबाट सेवा प्रवाह गरिरहेको छ ।
यसरी सेवा प्रवाह गर्दा कामपालाई समस्या भएको र नागरिकले पनि सास्ती खेप्नुपरेको भन्दै जतिसक्दो छिटो काठमाडौं प्लाजामा सर्ने तयारी गरेको हो ।
२०७२ सालको भूकम्प जानुअघि एकै स्थानबाट सेवा प्रवाह गरिरहेको महानगरको अहिले केन्द्रीय कार्यलय सुन्धाराको जेडी कम्पलेक्समा रहेको छ ।
Categorized in स्थानिय