९ भाद्र २०८३, मंगलबार
Header

प्रधानमन्त्री दाहालविरुद्ध सर्वोच्चमा रिट दर्ता 


प्रकाशित: मंगलवार, २३ फागुन २०७९, १३ः०० बजे
- महानगरखवर


काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहल ‘प्रचण्ड’ विरुद्ध सर्वोच्च अदालतमा रिट दर्ता भएको छ ।  


अधिवक्ता ज्ञानेन्द्रराज आरणसहितका कानुन व्यवसायीहरुले मंगलवार प्रधानमन्त्री दाहालविरुद्ध जाहेरी सर्वोच्च प्रशासनमा दर्ता गराएको हो । रिटको पेशी विहिवारको लागि तोकिएको छ । 


उनीहरुले प्रधानमन्त्री दाहालालाई पक्राउ गरी अनुसन्धान गर्नु पर्ने माग राख्दै दिएको निवेदनमा न्यायाधीश ईश्वर खतिवडा र हरि फुयालको संयुक्त इजलासले शुक्रबार रिट दर्ता गर्न आदेश दिएपछि कानुन व्यवसायीहरु पुनः रिट लिएर सर्वोच्च अदालत पुगेका थिए । 


यस अघि सो निवेदनमा सर्वोच्च प्रशासनले राजनीतिक अभिव्यक्तिमा टेकेर पेश भएको निवेदन दर्ता हुन नसक्ने भन्दै दरपीठ (दर्ता नहुने) आदेश गरेको थियो । 


टुँडिखेलमा १ माघ २०७६ मा भएको एक कार्यक्रममा प्रचण्डले सशस्त्र द्वन्द्वकालमा मारिएका ५ हजारको जिम्मा आफूले लिने बताएका अभिव्यक्तिलाई लिएर प्रचण्डमाथि छानबिन गरी कारबाही गर्नुपर्ने माग गर्दै कानुन व्यवसायी रिट लिएर सर्वोच्च अदालत गएका थिए ।


रिटप्रति माओवादी केन्द्रले आपत्ति जनाउँदै मंगलवार बसेको माओवादी धारका ८ राजनीतिक दलले सान्तिसम्झौता विपरितका गतिविधिको प्रतिवाद गर्ने निर्णय गरेको छ ।  


यस अघि माओवादी महासचिव देव गुरुङले आइतबार विज्ञप्ति जारी गर्दै प्रचण्डको अभिव्यक्तिलाई अतिशयोक्तिपूर्ण ढंगले व्याख्या गरेर कारबाहीको विषय बनाइनुपर्छ भन्नु पूर्वाग्रही भावना भएको बताएका छन ।
 

 

asteriskhubs
Home Page Bottom Second


maharjan complex