१ भाद्र २०८३, सोमबार
Header

सल्यानस्थान माविको रजत जयन्ति समारोहमा शिशु स्याहारको भवनको शिलान्यास


प्रकाशित: शुक्रवार, १९ फागुन २०७९, १८ः०० बजे
- महानगरखवर

काठमाडौं । सल्यानस्थानस्थित सल्यानस्थान माध्यमिक विद्यालय स्थापनाको २५ वर्ष पूरा भएको अवसरमा रजत जयन्ति समारोह आयोजना गरिएको छ । 


२०५५ सालमा स्थापित उक्त विद्यालय सार्वजनिक शैक्षिक गुठी अवधारणा अन्तर्गत स्थापित नेपालकै पहिलो विद्यालय हो । 


शुक्रवार फागुन १९ गते शुक्रवार विद्यालय प्रांगणमा आयोजित रजत जयन्ति समारोहको उद्घाटन काठमाडौं १० नं. निर्वाचन क्षेत्रका सांसद एवं पूर्वमन्त्री राजेन्द्रकुमार केसीले गरे ।

 
साथै सोहि समारोहमा सांसद केसी र विशिष्ट अतिथि लायन्स क्लव ईन्टरनेशनल डिष्ट्रिक्ट ३२५ एचका गभर्नर दिनेशप्रसाद श्रेष्ठले शिशु स्याहार भवनको संयुक्तरुपमा शिलान्यास गर्नुभयो । लायन्स क्लवको सहयोगमा लायन्स शिशु स्याहार भवन निर्माण गर्न लागिएको हो । 


विद्यालय ब्यवस्थापन समितिका अध्यक्ष प्रा. डा. रामनाथ खनालको सभापतित्वमा सम्पन्न समारोहमा विशेष अतिथिको रुपमा बागमती प्रदेश सांसद पुकार महर्जन, लायन्स क्लव ईन्टरनेशनल डिष्ट्रिक्ट ३२५ मल्टिपल काउन्सिल अध्यक्ष केशव पाण्डेको उपस्थिती रहेको थियो ।


त्यसैगरी पाष्ट मल्टिपल काउन्सिल अध्यक्ष पंकज प्रधान सार्वजनिक शैक्षिक गुठी विद्यालय संघ, पेट्सानका वरिष्ठ उपाध्यक्ष मेघराज दुलाल, समासेवी श्रीराम महर्जन र लायन्स क्लव अफ काठमाडौं, किपूका चार्टड अध्यक्ष रविन्द्रबहादुर  प्रधानलगायतले सहभागिता जनाएका थिए । 



समाचार तथा तस्वीरः विरेन्द्र शाक्य 
 

asteriskhubs
Home Page Bottom Second


maharjan complex