काठमाडौं । मंसिर १२ गते थापाथलीस्थित सुकुम्बासी हटाउने क्रममा काठमाडौं महानगर नगरप्रहरी प्रमुख राजु पाण्डेमाथि आक्रमण गर्ने २ जनालाई प्रहरीले पक्राउ गरेको छ ।
जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार पक्राउ पर्नेमा नारायण परिश्रमी र हुकुमबहादुर लामालाई पक्राउ गरेको हो । परिश्रमीलाई प्रहरीले सुनसरी र लामालाई शंखमुलबाट पक्राउ गरेको हो।
सो आक्रमणमा पाण्डेको टाउकोमा चोट लागेको भने अन्य प्रहरी पनि घाइते भएका थिए ।
प्रहरीले उनीहरूमाथि ज्यान मार्ने उद्योग र आपराधिक उपद्रव कसुरको मुद्दामा म्याद थप गर्ने तयारी गरिरहेको छ ।
Categorized in स्थानिय