९ भाद्र २०८३, मंगलबार
Header

राष्ट्रपति निर्वाचनमा संघीय र प्रदेश सांसदको मतपत्र भिन्न (नमुना मतपत्र)


प्रकाशित: शुक्रवार, १९ फागुन २०७९, ११ः०८ बजे
- महानगरखवर

काठमाडौँ । राष्ट्रपति निर्वाचनको लागि निर्वाचन आयोगले विहिवार नमुना मतपत्र बिहीबार गरेको छ । 


निर्वाचनमा संघीय र प्रदेश सांसदले मतदान गर्नु पर्ने भएकोले मतपत्र पनि दुई रंगको तयारी गरेको आयोगका प्रवक्ता शालिकराम पौडेलले जानकारी दिए । 


संघीय सांसदले प्रयोग गर्ने मतपत्र सेतो कागजमा गुलाबी रङको चिह्न हुनेछ भने प्रदेश सांसदले प्रयोग गर्ने मतपत्र सेतो कागजमा हरियो रङको चिह्न हुनेछ ।

 

 


३३१ जना संघीय सांसद र ५५० प्रदेश सांसदले राष्ट्रपति निर्वाचनमा मतदान गर्ने छ । 


राष्ट्रपति चयनका लागि हुने यही फागुन २५ गते बानेश्वरस्थित अन्तर्राष्ट्रिय केन्द्रमा मतदान हुँदैछ । 


राष्ट्रपति पदका लागि नेपाली कांग्रेसका नेता रामचन्द्र पौडेल र नेकपा एमालेका उपाध्यक्ष सुवासचन्द्र नेम्वाङ चुनावी मैदानमा छन । 

 

asteriskhubs
Home Page Bottom Second


maharjan complex