काठमाडौं । अनसनरत डा. गोबिन्द केसी र सरकारबिचको बार्ता आज पनि जारी रहेने भएको छ ।
अनसनको २५ औंदिनमा हिजो पहिलो पल्ट डा. केसी र सरकारका प्रतिनिधिहरुबिच बार्ता भएपनि विना निष्कर्ष सकिएको थियो ।
संसदमा विचाराधीन चिकित्सा शिक्षा अध्यादेश फिर्ता हुनुपर्ने पूर्वशर्त छाडेपछि बार्ता शुरु भएको थियो ।
बार्ताको सुरुवातमा डा. केसीको बार्ता टोली चिकित्सकले चिकत्सा विधेयकमा संशोधनका बुँदाहरु सरकारी बार्ता टोलीमा लिखित रुपमा दिउका छन् ।
सिंहदरबारमा भएको सो बार्तामा चिकित्सक टोलीले १० वर्षे प्रतिबन्ध, ५ वटा मेडिकल कलेजलाई मात्र सम्बन्धन दिनुपर्नेलगायतका बुँदा छन् ।
Categorized in स्वास्थ्य