५ कार्तिक २०८३, बुधबार
Binod Yojesh Ram

ताम्रकार समाजले फागुनसम्मा यी सम्पदाहरुमा लगाए कुचो


प्रकाशित: मंगलवार, १६ फागुन २०७९, १६ः०० बजे 
- महानगरखवर

काठमाडौं । ताम्रकार समाज ललितपुरले उपत्यकाको सम्पदा सफाई अभियानलाई निरन्तरता दिईरहेका छन ।


यसै क्रममा ललितपुर महानगरभित्र मंसिरदेखि फागुनसम्म थुप्रै सम्पदाहरुमा कुचो लगाएको समाजका पूर्व अध्यक्ष रविन्द्र ताम्रकारले बताएका छन ।


उनका अनुसार समाजले महिनामा एक दिन गरिने सफाई कार्यक्रम अन्तर्गत मंसिर महिनामा पाटनको मच्छिन्द«बहाल परिशर, पुष महिनामा मीननाथ बहाल परिशर, माघ महिनामा महालक्ष्मीस्थान परिशर तथा फागुन महिनामा लगनखेलस्थित बटुक भैरवनाथस्थल तथा अशोक स्तुपा परिशरको सरसफाई सम्पन्न गरिएको छ । 


पूर्व अध्यक्ष ताम्रकारले आगामी समयमा उपत्यकाका विभिन्न सम्पदाहरुमा समेत यो कार्यक्रम लिएर जाने समाजको योजना रहेको सुनाए । 

 


‘समाजका सदस्यहरु तथा गैरसदस्यहरुले समेत सकारात्मक रुपमा लिने बताउँदै समाजको छवि उच्च बनाउन यसले सहयोग पुग्नेछ ।’ ताम्रकारले भने । 


सरफाई अभियानमा प्रत्येक पटक ५० देखि ६० जनाको सहभागिता हुँदै आएको समाजका अध्यक्ष विनोद ताम्रकारले जनकारी दिए । उनले समाजको जिम्मेवारी दायित्व बढाउनको लागि पनि विभिन्न सम्पदास्थलहरुमा गएर सरसफाई कार्य गर्न गइरहेको बताए ।


समाजका महासचिव दिपेश ताम्रकारले समाजले सम्पदा सफाई अभियान थालनी गरेर अलि भिन्न खालको कार्यक्रम गरेको भनाई राख्दै यसलाई नियमित गर्ने बताए । 


सफाई अभियानको व्यवस्थापन जुटाउने कार्य भने समाजका कार्यलय सहयोगी दिया तामाकारले गर्दै आएकी छिन । 


 

asteriskhubs
Home Page Bottom Second


binod rajbhandari
Yogesh Khadgi KMC 27
maharjan complex
ramkrisna naya bachat
dev dai naya bachat
kmc 12 bala
bagmati gaupalika