काठमाडौं । निर्वाचन आयोगले राष्ट्रपति निर्वाचनको लागि भोली (फागुन १७) देखि आचारसंहिता लागु हुने जनाएको छ ।
२५ फागुनमा हुने राष्ट्रपति निर्वाचन र ३ चैतमा हुने उपराष्ट्रपति निर्वाचनका लागि आयोगले आचारसंहिताबारे सुचना प्रकाशित गरेको हो ।
सुचना अनुसार यो अचारसंहिता संघीय संसदका ३३२ र प्रदेशसभााका ५५० जना गरी ८८२ मतदाता रहने निर्वाचनका लागि १७ फागुनदेखि ५ चैतसम्म लागु हुनेछ ।
आचारसंहिता नेपाल सरकार, प्रधानमन्त्री र मन्त्री, प्रदेश सरकार, मुख्यमन्त्री र मन्त्री, संघ, प्रदेश र स्थानीय तहका कर्मचारी, सुरक्षा निकायका कर्मचारी, सरकारी, अर्धसरकारी तथा सार्वजनिक संस्थाका कर्मचारीलाई लाग्नेछ ।
त्यस्त,ै राजनीतिक दल र तिनका भ्रातृ संगठन, उम्मेदवार र उम्मेदवारका प्रतिनिधि, मतदान र मतगणनास्थलमा खटिने उम्मेदवारका प्रतिनिधि, सार्वजनिक पद धारण गरेको व्यक्ति, सञ्चार प्रतिष्ठान, तिनका कर्मचारी र पत्रकार तथा मतदातालाई पनि आचारसंहिता लागू हुनेछ ।
Categorized in राष्ट्रिय