४ भाद्र २०८३, बिहिबार
Header

महानगरको सामुदायिक विद्यालयको दिवा खाजामा लापरवाही


प्रकाशित: मंगलवार, १६ फागुन २०७९, १३ः३० बजे
- महानगरखवर

काठमाडौं । काठमाडौं महानगरपालिकाको सामुदायिक विद्यालयमा विद्यार्थीलाई दिईने  दिवा खाजमा लापरवाही देखिएको छ ।

 
महानगरको शिक्षा अधिकारी रामप्रसाद अधिकारीका अनुसार विद्यार्थीहरुलाई दिवा खाजा नखुवाउने, नखुवाएको खाजाको रकम माग लगायत थुप्रै लापरवाही देखिएको छ ।


‘कतिपय सामुदायिक विद्यालयहरुले दिवा खाजा खुवाउने क्रममा विद्यार्थी हाजिर नभएका अवधिको समेत खाजाको रकम माग गरेको, प्राप्त बजेट अनुसार परिमाण र गुणस्तरयुक्त खाजा नखुवाएको, परीक्षा तथा कार्यक्रम सञ्चालन भएको दिन खाजा नखुवाएको लगायतका गुनासाहरु प्राप्त हनु आएको ।’ जारी निर्देशनमा उल्लेख छ ।


सो गुनासहरु प्राप्त भएकोले विद्यालयहरुले ‘विद्यालय दिवा खाजा व्यवस्थापन सहयोगी पुस्तिका २०७७’ को अधिनमा रही काम गर्न तथा लेखापरीक्षण चुस्त दुरुस्त बनाउन र खाजा वापत निकासा भएको रकम ऐन कानुन बमोजिम खर्च गर्न निर्देशन गरिएको छ ।



 

asteriskhubs
Home Page Bottom Second


maharjan complex