८ जेठ २०८३, शुक्रबार
Nepal Bank AD 2082 mansir

बाल गायक अशोक दर्जीलाई गायक तथा संगीतकार बुढाथोकीले बेपत्ता पारेको आरोप


प्रकाशित: मंगलबार, ८ साउन २०७५, २१ः३४ बजे
- महानगरखबर

काठमाडौं । पछिल्लो समय चर्चित बाल गायक अशोक दर्जीलाई गायक तथा संगीतकार टंक बुढाथोकीले बेपत्ता पारेको अरोप लागेको छ ।

 
बाल गायक अशोक दर्जी पढ्ने स्कुल मोरङ उर्लाबारीस्थित बेथल एजुकेशनल एकाडेमीका प्रिन्सिपल दीपक न्यौपानेले संगीतकार बुढाथोकीमाथि सो अरोप लगाएको हो ।

 
उनले बाल गायक दर्जीलाई १७ दिनदेखि बेपत्ता बनाएको भन्दै दमक नगरपालिकाको वडा कार्यालयमा निवेदन दिएको छ ।

 
प्रिन्सिपल न्यौपानेका अनुसार संगीतकार बुढाथोकीले गत असार २३ गते परीक्षा चलिरहेको अवस्थामा बाल गायक दर्जीलाई लिएर गएको निवेदनमा उल्लेख गरेका छन् । अशोकलाई बुढाथोकीले काठमाडौंमा आफूसँगै राखेर पढाउने भन्ने सुनेको उनले बताए ।

प्रिन्सिपल न्यौपानेका अनुसार अशोकको अभिभावक सँग अशोकलाई १२ सम्म पढाउने सम्झौता गरेका बताएका छन् ।

 
दुई सातायता संगीतकार बुढाथोकी र प्रिन्सिपल न्यौपानेबीच बाल गायक दर्जीलाई कसले राख्ने भन्ने विषयमा विवाद उत्पन्न भएको थियो । 
 

asteriskhubs
Home Page Bottom Second


maharjan complex