६ आषाढ २०८३, शनिबार
Nepal Bank AD 2082 mansir

प्रधानमन्त्री दाहाल कतार जाँदै


प्रकाशित: आईतवार, १४ फागुन २०७९, १७ः४४ बजे
- महानगरखवर

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड आगामी शुक्रवार फागुन १९ गते प्रधानमन्त्री प्रचण्ड कतारको दोहा जाने भएका छन ।


प्रधानमन्त्रीको सचिवालयलका अनुसार अतिकम विकसित मुलुकहरु (एलडिसिज) को सम्मेलनमा सहभागी हुन प्रधानमन्त्री प्रचण्ड कतार जान लागेको हो ।


फागुन २० गते एलडिसिजको अध्यक्ष राष्ट्र मलावीले आयोजना गर्ने सम्मेलनलाई प्रधानमन्त्री दाहालले पनि सम्बोधन गर्ने कार्यक्रम छ । 


दोहामा रहँदा प्रधानमन्त्री दाहाल नेपाली दूतावासले आयोजना गर्ने कार्यक्रम र नेपाली समुदायसँगको कार्यक्रममा पनि सहभागी हुने बताइएको छ ।


प्रधानमन्त्री दाहाल फागुन २२ गते स्वदेश फर्किने कार्यक्रम छ ।

 

asteriskhubs
Home Page Bottom Second


maharjan complex