७ आषाढ २०८३, आइतबार
Nepal Bank AD 2082 mansir

कांग्रेसबाट पौडेल र एमालेबाट नेम्बाङले राष्ट्रपतिको लागि दर्ता गराए उम्मेदवारी


काठमाडौं । राष्ट्रपति पदका लागि नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले उम्मेदवारी दर्ता गराएका छन ।


शनिवार कार्यतालिका अनुसार दिउँसो पार्टी सभापति शेरबहादुर देउवा, प्रधानमन्त्री तथा माओवादी केन्द्र अध्यक्ष पुष्पकमल दाहाल, नेकपा एकिकृत समाजवादी अध्यक्ष माधव नेपाल लगायतका नेताहरुको उपस्थितमा पौडेलले उम्मेदवारी दर्ता गराएका हुन । 


संघीय संसद भवन नयाँ बानेश्वरस्थित राष्ट्रपति तथा उपराष्ट्रपति निर्वाचन अधिकृतको कार्यालयमा पुगेर उनले उम्मेदवारी दिएका हुन ।


आठदलीय सममति अनुसार शिर्ष नेताहरुसँगै नेकपा माओवादी केन्द्रका वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ, जनता समाजवादी पार्टीका नेता अशोक राई र जनमत पार्टीका नेता अब्दुल खाँ प्रस्तावक रहेका छ ।


त्यस्तै समर्थकमा लोकतान्त्रिक समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुर, नेपाली कांग्रेसका उपसभापति पूर्णबहादुर खड्का, नागरिक उन्मुक्ति पार्टीकी अध्यक्ष रञ्जिता श्रेष्ठ, राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसी र माओवादी केन्द्र संसदीय दलका प्रमुख सचेतक हितराज पाण्डे रहेका छन ।

 


एमालेको तर्फबाट पार्टीका उपाध्यक्ष सुवासचन्द्र नेम्बाङले राष्ट्रपति पदमा उम्मेदवारी दर्ता गराइसकेका छन । 


नेम्वाङको उम्मेदवारी दर्तामा ५ प्रस्ताव र ५ समर्थकमा एमालेकै सांसद रहेका छन । 


नेम्वाङको प्रस्तावकमा अध्यक्ष केपी शर्मा ओली, पृथ्वीसुब्बा गुरूङ, गोकर्णराज विष्ट, रघुबीर महासेठ र छविलाल विक रहेका छन् भने समर्थकमा योगेश भट्टराई, टोपबहादुर रायमाझी, जुलीकुमारी महतो महासेठ, दिलकुमारी रावल थापा र अमनकुमार मास्के रहेका छन।


यही फागुन २५ गते राष्ट्रपति चयनका लागि संघीय संसद भवन परिसरमा निर्वाचन हुनेछ । सो निर्वाचनमा संघीय सांसद र प्रदेश सांसदसहित ८८१ जनाले मतदान गर्ने छन । 

 

asteriskhubs
Home Page Bottom Second


maharjan complex