४ भाद्र २०८३, बिहिबार
Header

मखन क्षेत्रको सशुल्क पार्किङ महानगरले हटायो


प्रकाशित: शुक्रवार, १२ फागुन २०७९, २०ः३० बजे
- महानगरखवर

काठमाडौं । काठमाडौं महानगरपालिकाले काठमाडौंको मखन क्षेत्रको सशुल्क पार्किङ हटाएको छ । 


महानगरले कामपा २४ वडा अन्तर्गत पर्ने मखनको ताम्रकार प्लाजा, सुरज आर्केट सडक, वडाकै अगाडी रहेको पार्किङ हटाएको छ ।


त्यसैगरी स्कुल छेउको पार्किङ पनि हटाएको छ । यस क्षेत्रमा सशुल्क बाईक पार्किङ गरिहेको थियो ।

 

 


सो क्षेत्रको लागि सुरज आर्केटको बेसमेन्ट पार्किङको लागि प्रयोगमा आईसके पनि बाहिर पार्किङ सञ्चालन भईरहेको थियो ।


महानगरले निकट भविष्यमै महानगरभित्रको पार्किङ क्षेत्र निर्धारण गर्ने भएको छ । 



तस्वीरहरुः बिज्जु श्रेष्ठ÷महानगरखबर
 

asteriskhubs
Home Page Bottom Second


maharjan complex