२३ जेठ २०८३, शनिबार
Nepal Bank AD 2082 mansir

गुरुले देशको लागि केही गर भनेपछि लोकबाजा संग्राहलय स्थापना गरेः रामप्रसाद कँडेल (भिडियो)


प्रकाशित: विहिवार, ११ फागुन २०७९, ०९ः१० बज
- अजयकुमार खड्गी

काठमाडौं । नेपाली लोकबाजा संग्राहलय त्रिपुरेश्वरका प्रमुख रामप्रसाद कँडेलले गुरुले देशको लागि केही गर भनेपछि नेपाली लोकबाजा संग्राहलयको स्थापना गरेको बताएका छन । 


नेपाली थान्का व्यापारी समेत रहेको कँडेलले व्यापरकै क्रममा थान्कमा लेखिएको विषमया ग्राहकले सोधेपछि सो विषयमा अध्ययन गरेको तर पढेर मात्र नहुने भएकोले नेपाली परम्परागत तन्त्र अनुसार गुरु चाहिने भएकोले जोरपाटी बेसी गाउँमा बस्नु हुने स्वामी अखानन्द सरस्वतीसँग शिक्षा लिएको बताए । 

 


सोही क्रममा गुरुलाई दक्षिणा के दिने भन्ने कुरा गुरुसँग छलफल गर्दा गुरुले देशको लागि केही गर भन्ने सुझाव आएपछि यो संग्राहलयको स्थापना गरेर नेपालभरीका लोकसंस्कृति, परम्परमा प्रयोग हुने बाजाहरु संकलन गरेको सुनाए । 


उनले आफुले पहिले भद्रकालीबाट यो अभियान सुरु गरेपनि वि.स. २०६२ सालमा बुद्धिराज बज्राचार्य संस्कृति मन्त्री बनेपछि त्यसबेलाका सहसचिव शंकर प्रसाद कोईराला र पुरातत्व विभागका महानिर्देशक कोष प्रसाद न्यौपानेको पहलमा त्रिपुेश्वरको महादेव वहाल उपयुक्त हुने भनेपछि गुठी संस्थानलाई मासिक ६ हजार ५ सय भाडाँ दिने गरी सारिएको बताए । 

 


२०५२ सालबाट बाज संकलन तथा प्रदर्शनी अभियान सुरु गरेको र त्रिपुरेश्वरमा २०६४ सालदेखि बस्दै आएको उनले बाताए । 


२८ बर्ष लामो संघर्ष गरेर संग्राहलय स्थापना गरेपनि यसमा राज्य सरकारको सहयोग नुहँदा दुःख लागेको उलने दुखेसो पोखे ।


अहिले आएर यो संग्राहलयको भएको छत पनि खोसिने तरखरमा छ । यो ठाउँ काठमाडौं विश्वविद्यालयले लिजमा संचालन गर्ने गरी गुठी संस्थानसँग सम्झौता भएपछि यो स्थान छोड्न दवाव परिरहेको उनले सुनाए । 


भिडियो र तस्वीरः बिज्जु श्रेष्ठ/महानगरखबर
 

asteriskhubs
Home Page Bottom Second


maharjan complex