२३ जेठ २०८३, शनिबार
Nepal Bank AD 2082 mansir

‘नेपाल भाषा’बाट समाचार प्रशासरणको लागि पहल गर्ने सञ्चारमन्त्री शर्माको आश्वसन 


प्रकाशित: बुधवार, १० फागुन २०७९, १३ः०० बजे
- महानगरखवर

काठमाडौं । नेवाः पत्रकार राष्ट्रिय दवूले नेपाल भाषाबाट सरकारी सञ्चार माध्यम नेपाल टेलिभिजनमा समाचार प्रशारणको माग गरेका छन ।

 
दबूका अध्यक्ष नृपेन्द्रलाल श्रेष्ठको नेतृत्वमा गएको पत्रकार टोलीले सञ्चार तथा सुचना प्रविधि मन्त्री रेखा शर्मा समक्ष सो माग प्रस्ततु गरेका छन ।

 


श्रेष्ठको नेतृत्व टोलीले मन्त्री शर्मालाई ९ बुँदै मागसहित ज्ञापन पत्र बुझाएका छन । 


पत्र बुझेपनि मन्त्री शर्माले नेवाः पत्रकारहरुले मातृभाषागत रुपमा सञ्चार क्षेत्रमा पुराएको भुमिका प्रशंसा गर्दै आफूले नेपाल टेलिभिजनबाट ‘नेपाल भाषा’को समाचार प्रशासरणको लागि पहल गर्ने दबूको टोलीलाई आवश्वस दिए ।


टोलीले मन्त्री शर्मासमक्ष पत्रकार दबूले विभिन्न समयमा गरेका मातृभाषाका गतिविधिबारे चर्चा गरेसँगै मातृभाषाको पहिलो पत्रकार धर्मादित्य धर्माचार्य (जगतमान वैद्य) लाई राज्यस्तरबाट मान्यता पहिलो मातृभाषा पत्रकारको मान्यता दिनु पर्ने माग समेत राखे ।


त्यसैगरी उनीहरुले नेपाल टेलिभिजनका महाप्रवन्धक फुलमान बललाई पनि भेटी नेपालभाषाबाट पनि समाचार प्रशासरण गर्नको लागि मागपत्र बुझाएका थिए । 


हालसालै नेपाल टेलिभिजनबाट तामाङ र लिम्बु भाषामा समाचार प्रसारण गरिएको छ । 

asteriskhubs
Home Page Bottom Second


maharjan complex