काठमाडौँ । शेपा समुदायले आज विभिन्न कार्यक्रमहरुका साथ सांस्कृतिक पर्व ग्याल्बो ल्होद्धार मनाउँदै छन।
सो अवसरमा सरकारले आज (मंगलवार) सार्वजनिक विदा दिएको छ ।
प्रत्येक वर्ष फागुन शुक्ल प्रतिपदाका यो पर्व मनाईने गरेको छ । नयाँ वर्षका रुपमा शेर्पा समुदायले २१५०औँ ग्याल्बो ल्होछार मनाउन लागेका हुन ।
मुसा, गाई, बाघ, खरायो, ड्रागन (मेघ), सर्प, घोडा, भेडा, बाँदर, चरा, कुकुर र बराह गरी १२ वर्गमा ग्याल्बो ल्होसारलाई विभाजन गरिएको छ ।
ग्याल्बो ल्होछार भोटका नवौँ राजा उदे गुङ्ग्यालका पालादेखि वसन्त पर्वका नामले मनाउन सुरु गरिएको हो ।
तस्वीरः NTB
Categorized in सम्पदा/संस्कृति