६ आषाढ २०८३, शनिबार
Nepal Bank AD 2082 mansir

प्रधानमन्त्री दाहालले सुरु गरे राष्ट्रपतिका लागि संवाद


प्रकाशित: सोमवार, ८ फागुन २०७९, १७ः३० बजे
- महानगरखवर

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले राष्ट्रपतिको उम्मेदवारको लागि संवाद सुरु गरेका छन ।


सोमवार प्रधानमन्त्री दाहालले नेकपा (एकिकृत समाजवादी) का अध्यक्ष माधव कुमार नेपालसँग भेटवार्ता गरे । 


सिंहदरवारमा भएको भेटवार्तामा नेपालले राष्ट्रपतिको लागि सहमति निर्माण गर्न प्रम दाहाललाई सुझाव दिएको बताए ।


हिजो प्रधानमन्त्री दाहाल र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाविच पनि सोही विषयमा छलफल गरेका थिए । 


नेपाली कांग्रेसले राष्ट्रपतिको उम्मेदवारको टुंगो नलगाएपनि सो पद आफ्नो पार्टीले उठाएको हुनु पर्ने बताउँदै आएको छ । 


नेकपा एमालले पुस १० गते भएको सहमति अनुसार राष्ट्रपति एमालेकै उम्मेदवार चुनिने पर्ने दवाव प्रम दाहालललाई छ तर दाहाल यतिखेर राष्ट्रपति साझा उम्मेदवार हुनु पर्ने अडानमा छन । 


फागुन २५ गते हुने राष्ट्रपतिको निर्वाचनको लागि १३ गते मनोनयन दर्ता गर्ने कार्यतालिका छ । 

 

asteriskhubs
Home Page Bottom Second


maharjan complex