काठमाडौं । सरकारका कानुनमन्त्री शेरबहादुर तामाङले मंगलबार एक पत्रकार सम्मेलन गरेर आफ्नो पदबाट राजीनामा दिएका छन् ।
मन्त्री तामाङले मेडिकल कलेज खोल्नुपर्छ भन्ने मतमा दिएको एक वक्तव्यमा बंगलादेशमा मेडिकल पढ्ने छात्राहरुले सटिंफिकेटको लागि आफ्नो अस्मिता बेच्न बाध्य हुनु परेको अभिव्यक्ति दिएपछि मन्त्री तामाङ सर्वत्र आलोचित भएको थिए ।
मन्त्री तामाङकले नेकपा पार्टीको निर्देशनमा राजीनमा दिएका हुन । उनले पत्रकार सम्मेलनमा भावुक हुँदै महिलाहरुको सम्मान गर्छु, कुनै नारीमाथि हिंसा हुनुहुन्न भनेका थिए । उनले महिला अधिकारको विषयमा लेखेको आज त्यही बिषयले लखेटको भन्दै दुःख व्यक्त गरेको थिए । सो पत्रकार सम्मेलनमा तामाङका पत्नी उषाकला राई पनि सँगै थिए ।
यसैबिच कानूनमन्त्री शेरबहादुर तामाङको राजीनामा माग गर्दै बागबजारस्थित नेपाल विद्यार्थी संघ पद्यम्कन्या क्याम्पस कलेज ईकाएको छात्राहरुले निकालेको जुलुसमाथि प्रहरी हस्तक्षेप भएको छ ।
प्रहरी हस्तक्षेपमा तीन जना छात्राहरू सामान्य घाइते भएका छन्। घाइते हुनेमा पवित्रा गौली, छाया ढुंगाना र सुजाता कोइराला छन । उनीहरुले मन्त्री तामाङले दिएको अभिव्यक्तिले नेपाली चेलीहरूको चरित्र हत्या भएको भन्दै पद्मकन्याका छात्राहरू आन्दोलनमा निस्केका थिए ।
Categorized in समाज