२ जेठ २०८३, शनिबार
Nepal Bank AD 2082 mansir

मानव अधिकारकर्मी तथा पूर्वमन्त्री श्रेष्ठको निधन


प्रकाशित: सोमवार, ८ फागुन २०७९, १४ः०० बजे
- महानगरखवर

काठमाडौं । मानव अधिकारकर्मी तथा पूर्व स्वास्थ्य मन्त्री मथुराप्रसाद श्रेष्ठको निधन भएको छ ।


८८ बर्षको उमेरमा उनको उपचारको क्रममा आज न्यूरो अस्पतालमा निधन भएको हो । उनी दम र छातीको रोगबाट पीडित थिए । 


चिकित्सक समेत  रहेका उनी २०४६ सालपछि बनेको सरकारमा नागरिक समाजका तर्फबाट स्वास्थ्य मन्त्रीसमेत बनेका थिए । 


यसैबीच बामपन्थी बुद्धिजीवि समेत रहेका उनको निधनले दुःख लागेको नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले बताएका छन ।


श्रेष्ठका ६ जना छोरा र एक जना छोरी छन । उनको मंगलबार पशुपति आर्यघाटमा अन्त्येष्टि गर्ने तयारी छ ।

 

asteriskhubs
Home Page Bottom Second


maharjan complex