२३ जेठ २०८३, शनिबार
Nepal Bank AD 2082 mansir

तस्वीरमा महाशिवरात्रि, पशुपतिमा विहानसम्म साढे चारलाखले गरे दर्शन


प्रकाशित: शनिवार, ६ फागुन २०७९, २०ः०६ बजे
- महानगरखवर

काठमाडौं । महाशिवरात्रि काठमाडौंमा विशेष रुपमा मनाईएको छ । 


आज विहान ११ बजेसम्म पशुपति विकास कोषका अनुसार साढे चार लाख भक्तजनहरुले दर्शन गरेका छन ।

 


महाशिवरात्रिका अवसरमा पशुपति क्षेत्रमा पाँच हजारभन्दा बढी साधुसन्तको आगमन भएको छ । 


नागाबाबालाई मूल मन्दिरभित्र राखिएको छ। साधुसन्तलाई बिहीबारदेखि नै कोषले भोजन, आवास र धुनीको व्यवस्था गरेको छ । यसमा गुठी संस्थानको पनि सहयोग छ ।

 


पशुपति क्षेत्र विशेष रूपमा सिँगारिएको छ । दर्शनार्थीलाई व्यवस्थित रुपमा दर्शन ब्यापक सुरक्षाकर्मी र स्वंमसेवकहरु खटाईएको छ ।  


आज विहान देखिनै पशुपतिनाथका चार ढोका खुला गरिएको थियो । उत्तरतर्फको लाम चाबहिल चोकभन्दा माथि पुगेको थियो भने पश्चिमतिरको लाम गौशाला चोक, दक्षिणतिरको लाम त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल नजिक र पूर्वतर्फको लाम गौरीघाटसम्म पुगेको थियो ।  

 


महाशिवरात्रिकै अवसरमा राष्ट्रपति विद्यादेवी भण्डारीले बेलुकी पूजा एवं दर्शन गरेकी छिन ।  


यसै गरी काठमाडौंको न्यूरोडस्थित शिव मन्दिरमा हजारौंको संख्यामा आएका भक्तजनहरुले दर्शन गरेका छन । 

 


भक्तपुरको डोलेश्वरमा पनि शिव दर्शनको लागि भक्तजनहरुको घुईचो रहेको थियो । 


 


पशुपति क्षेत्र, तस्वीरहरुः बिज्जु श्रेष्ठ/महानगरखबर

 

 

 

 

 

 


डोलेश्वर महादेव, तस्वीरहरुः रमेश शाक्य/महानगरखबर

 

 

 

 

 

 

 

asteriskhubs
Home Page Bottom Second


maharjan complex