काठमाडौं । काठमाडौं महानगरपालिकाले प्रधानमन्त्री रोजगार कार्यक्रमका लागि कामदार माग गरेको छ ।
महानगरले माघ २९ गते एक सुचना जारी आर्थिक बर्ष २०८०/०८१ को लागि आर्थिक अवसरबाट बञ्जित महिला, आदीवासी, जनजाती, दलित तथा विपन्न वर्गका वेरोजगार भएका, स्वरोजगार समेत नरहेकाहरुले प्रधानमन्त्री रोजगार कार्यक्रममा सहभागी हुन आव्हान गरेको छ ।

१८ बर्षदेखि ४९ बर्ष सम्मका महिला पुरुषले फागुन १ गतदेखि मसान्तसम्म आफू बसेको वडामा गएर रोजगार फारम भर्न भनिएको छ ।
राजगार कार्यक्रमको लागि नागरिकताको प्रतिलिपी, पासपोर्ट साईजको फोटो १ प्रति, फारममा उल्लेख गरिने परिवार संख्याको नागरिकताको प्रतिलिपी र सबैको परिचय खुल्ने गरको फारम एक प्रति आवश्यक हुन्छ ।
पहिलेनै फारम भरेकाहरुले भने नविकरणका लागि रोजगार केन्द्र राष्ट्रीय सभागृहमा सम्पर्क गर्नु पर्ने छ ।
Categorized in स्थानिय