काठमाडौं । काठमाडौं महानगरपालिकाका प्रमुख र उपप्रमुखले सरकारी घरवासको सुविधा पाउने भएका छन ।
महानगरले जारी गरेको ‘काठमाडौं महानगरपालिकाका जनप्रतिनिधिको सुविधासम्बन्धी ऐन २०७९’ अनुसार यस्तो व्यवस्था गर्न लागेको हो ।
ऐन अनुसार घरको बन्दोबस्त नभएको वा प्रमुख तथा उपप्रमुखको निवासका लागि आफ्नो उपयुक्त घर नभई घर भाडामा लिनुपरेमा घरभाडाबापत कार्यपालिकाले तोकेबमोजिमको रकम उपलब्ध गराउने व्यवस्था गरिएको छ ।
महानगर प्रमुख उपप्रमुख बस्ने सरकारी घरवासका लागि मर्मत तथा सम्महार खर्च पनि महानगरले व्यवस्था गर्नेछ ।
त्यसैगरी, महानगरले निजी घरमा बस्ने प्रमुख र उपप्रमुखलाई घर मर्मत र सरसफाइको निमित्त कार्यपालिकाले तोकेबमोजिमको रकम उपलब्ध गराउने व्यवस्था गरेको छ ।
यो सुविधा पदावधि समाप्त भएको मितिले सात दिनसम्म दिने ऐनमा उल्लेख छ ।
यसअघिका महानगर प्रमुख विद्यासुन्दर शाक्यले भने सरकारी निवासको सुविधा लिएका थिएनन ।
Categorized in स्थानिय