४ भाद्र २०८३, बिहिबार
Header

मंगलवारबाट काठमाडौंमा सार्वजनिक यातायात नचलाउने मजदुर संगठनको घोषणा


प्रकाशित: सोमवार, १ फागुन २०७९, १८ः०० बजे
- महानगरखवर

काठमाडौं । मंगलवार (भोली माघ २ ) गतेबाट काठमाडौं उपत्यकामा सार्वजनिक यातयात नचलाउने यातायात मजदुरले घोषणा गरेका छन । 


यातायात मजदुरहरूले सोमवार विज्ञप्ति जारी गरी मंगलवारदेखि उपत्यकामा गाडी नचलाउने घोषणा गरेका हुन । 


नेपाल यातायात स्वतन्त्र मजदुर संगठन, नेपाल यातायात मजदुर संघ र अखिल नेपाल यातायात मजदुर संघले संयुक्त रूपमा आन्दोलन गरेको हो । 


उनीहरले १० बुँदे माग पुरा नभएसम्म गाडी संचालन नगर्ने घोषणा गरेका छन । 


‘सम्पूर्ण दशबुँदे मागहरु पुरा नभएसम्म उपत्यकाका सम्पुर्ण सवारीसधानहरु फागुन २ गतेदेखि बन्द हुने यसै विज्ञप्ती मार्फत सबैलाई जानकारी गराउँदछौ ।’ जारी विज्ञप्तीमा उल्लेख छ । 


आज भएको विरोध कार्यक्रममा लोत्से कम्पनीका मालिक कर्मचारीहरुले मजदुरहरुमाथि आक्रमण गरेकोमा विज्ञप्तीमा मार्फत सो घट्नाको छानविन हुनु पर्ने माग राखेका छन ।


माघ १७ गते १० बुँदे माग तीनवटै मजदुर संगठनले भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा बुझाएको थियो । 


ट्राफिक प्रहरीले ऐनविपरीत जरिवाना असुल्ने, चालकहरूको लाइसेन्स निलम्बन गर्ने, प्रदूषणका नाममा रकम असुली लगायत मनोमानी गरेको यायात मजदुरहरुको आरोप छ । 


ट्राफिक प्रहरीले मनोमानी गर्न नहुने भन्दै उनीहरूले यातायात ठप्प पार्ने चेतावनी दिएका थिए ।  


आफ्ना मागहरू तत्कालै सम्बोधन हुनुपर्ने र कानुन संशोधन लगायतका नीतिगत विषयहरूलाई सम्बोधन गर्ने गरी उच्चस्तरीय कार्यदल बनेर काम अघि नबढ्दासम्म आन्दोलन नरोकिने संगठनहरूको अडान छ ।

तस्वीरः फाईल 

 

asteriskhubs
Home Page Bottom Second


maharjan complex