२२ आषाढ २०८३, सोमबार
Nepal Bank AD 2082 mansir

आइतवार देशभरका अस्पताल बन्द


प्रकाशित: शनिवार, २८ माघ २०७९, १७ः२० बजे
- महानगरखवर

काठमाडौं । नेपाल चिकित्सक संघले आइतबार आकस्मिक बाहेकका सेवा बन्द गर्ने गर्ने घोषणा गरेको छ । 


संघले शुक्रवार राष्ट्रपति विद्यादेवी भण्डारीको सवारीको क्रममा चिकित्सकमाथि भएको कुटपिटको विरोध गर्दै भोली देशव्यापी रुपमा अस्पतालको सेवा बन्द गर्ने निणर्य गरेको हो ।


प्रहरीको लाठी चार्जबाट ट्रमा सेन्टरका चिकित्कस जनिथलाल सिंह घाईते भएका थिए । 


शनिबार संघको केन्द्रीय कार्यकारिणी समितिको आकस्मिक बैठकले गरेको निणर्य अनुसार देशभरका सरकारी तथा गैरसरकारी, निजी, सहकारी स्वास्थ्य संस्था, अस्पताल, निजी तथा सरकारी मेडिकल कलेज, प्रतिष्ठान लगायतका सम्पूणर् स्वास्थ्य संस्था तथा अस्पतालहरूमा आकस्मिक सेवा बाहेकका अन्य सम्पूणर् सेवाहरू बन्द हुनेछ । 


संघले जारी गरेको विज्ञप्तीमा भनिएको छ, ‘स्वास्थ्य सेवा जस्तो संवेदनशिल क्षेत्रमा कार्यरत चिकित्सक तथा स्वास्थ्यकर्मीहरूलाई भिभिआइपीको सुरक्षाका नाममा प्रहरीद्वारा सांघातिक आक्रमण गरी गम्भीर घाइते बनाइनु मात्र नभई हजारौंको संख्यामा स्वास्थ्य सेवा लिन आइरहेका बिरामीहरूलाई समेत अस्पतालमा पुग्न नदिएर अलपत्र पारी अत्यन्तै दुरावस्था सिर्जना गरिएकोप्रति नेपाल चिकित्सक संघ स्तब्ध भएको छ ।’ 


चिकित्सकमाथि कुटपिट गर्ने बरिष्ठ प्रहरी हवल्दार शम्भुजंग गुरुङ निलम्बन गरिएको छ । 


काठमाडौं प्रहरी बृत जनसेवाका गुरुङलाई घट्नाको अनुसन्धान गर्न निलम्बन गरिएको प्रहरी प्रवक्ता प्रहरी नायव महानिरीक्षक पोषराज पोख्रेलले बताएका छन ।


घट्नको विरोधमा आज चिकित्कसहरुले प्लेकार्डसहति विरोध समेत प्रदर्शन गरेका छन । 
 

asteriskhubs
Home Page Bottom Second


maharjan complex