ललितपुर । ललितपुर महानगरका नगर प्रहरी प्रमुख कदमलाल महर्जनले नगरका अधिंकाश भाग आगलागीको जोखिममा रहेको बताएका छन् ।
आगलागी भए तुरुन्त नियन्त्रणका लागि महानगरका भित्री भागमा पानी राख्ने ट्यांकी र फायर मेसिन व्यवस्था हुन नसेको कारण पनि जोखिम रहेको नगर प्रहरी प्रमुख महर्जनको भनाई छ ।
नागबहालमा मात्रै आधुनिक आगो निभाउने यन्त्र र रिजर्भ पानी छ अन्य ठाउँमा सो व्यवस्था छैन । दमकल छिर्ने बाटोसमेत नभएका यी स्थानमा उपकरणको व्यवस्था गर्ने र स्थानीयवासीलाई तालीम दिएर आगलागी नियन्त्रण आउन सक्ने उनको भनाइ्र्र छ ।
फायर मेसिन र पानीको उपलब्धता हुँदा स्थानीयवासीले आगो लाग्नासाथ निभाउन सक्छन जसले गर्दा आगो ठूलो क्षेत्रफल फैलिएर धेरै क्षति हुन नसक्ने नगर प्रहरी प्रमुख महर्जन भनाई रहेको छ ।
एकदमै साँघुरो बाटोका कारण नगरका भित्री भागमा दमकल लैजान कठिन छ । स्थानीयस्तरमा नै फायर मेसिन भए सजिलोसँगै दमकलनै कुरिरहनु नपर्ने हुन्छ ।
केही वर्ष पहिले जापानी सहयोग संस्था जाइकाले रिजर्भ ट्यांकी निर्माण र फायर मेसिन खरिदमा आर्थिक र प्राविधिकरुपमा सहयोग गरेको थियो । संस्थाले स्थानीयवासीलाई आगो नियन्त्रणको उपायसमेत सिकाएको थियो ।
Categorized in समाज