काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले नेकपा एमालले बनाएको राष्ट्रपतिलाई हराउने बताएका छन ।
बुधवार कमलादीस्थित प्रज्ञाभवनमा अयोजित ‘नेपाली राजनीति र लोकतान्त्रिक संस्कारको सवाल’ विषयक विचार गोष्ठीलाई सम्बोधन गर्दै थापाले सो कुरा बताएका हुन ।
‘लुकाउने कुरा छैन, हामी नेकपा एमालेले प्रस्ताव गरेको राष्ट्रपति उम्मेदवारलाई हराउँछौं। हराएरै छाड्छौं, थापाले भने, ‘हामीले भनेको उम्मेदवार जिताउने कोशिस गर्छौं। मत माग्छौं।’
एमाले बनाएको राष्ट्रपति सम्माननिय कठपुतली राष्ट्रपति हुने थापाले बताए ।
‘त्यसले विस्तारै समानान्तर शक्तिको अभ्यास गर्छ । बालुवाटार र शितलनिवासले कार्यकारी अधिकार प्रयोग गर्दा संविधान दुर्घटनातिर जान्छ। त्यो डरका कारण हामीले एमालेले प्रस्ताव गरेको उम्मेदवार हराउँछौं,’ उनले भने ।
राष्ट्रपति को हुनेभन्दा पनि संविधान दुर्घटनातर्फ जान्छ कि भन्ने डर कांग्रेसभित्र रहेको उनले बताए । ‘हिजोको राष्ट्रपतिहरूको भूमिकाका कारण डर पसेको छ,’ उनले भने, ‘त्यो डरबाट हामी मुक्त हुन चाहन्छौं।’
निर्वाचन आयोगले फागुन २५ गते राष्ट्रपतिको निर्वाचन मिति तोकेको छ ।
उनले नेकपा एमालले कांग्रेसलाई छक्काएको पनि आरोप लगाए । एमाले कांग्रेससँग सरकार बनाउने भनेर भन्ने, माओवादीलाई फोन गरेर तपाई आउनु भयो भने हामी जाँदैनो भनेर भुक्काएको उनले बताए ।
Categorized in राष्ट्रिय