५ जेठ २०८३, मंगलबार
Nepal Bank AD 2082 mansir

खोज गर्नेहरुलाई महानगरको अवसरः प्रमुख साह


प्रकाशित: मंगलवार, २४ माघ २०७९, १६ः५० बजे
- महानगरखवर

काठमाडौं । काठमाडौं महानगरपालिकाले महानगरको विकाससँग सम्बन्धीत सोध अनुसन्धानको लागि आव्हान गरेको छ । 


महानगरले महानगर रिसर्च फेलोसिप २०७९ नामक अनुसन्धान सोधवृति कार्यक्रमको लागि तेस्रो संस्करणको रुपमा मेयर्रस रिसर्च फेलोसिप प्रोग्राम– २०२३ को लागि सोधकर्ताहरुको खोजी आव्हान गरेको हो । 
सो विषयमा महानगर प्रमुख साहले खोज गर्नेहरुलाई यो अवसर भएको बताएका छन । 


उनले, ‘खोज गर्नेहरुलाई यो अवसर हो । र, खोज गर्नेहरुप्रति महानगरको सम्मान पनि हो । योग्यहरुको सहभागितको अपेक्षा गर्दछौ ।’


‘हामी चाहन्छौँ, ज्ञानको खोजी र अनुसन्धानको महत्व अझै बढोस् । अनुसन्धान पछि प्राप्त ज्ञान महानगरको र राष्ट्रको दिशा निर्धारण गर्न सहयोगी बनोस ।’ प्रमुख साहले भने । 


माघ १९ गते महानगरले प्रकाशित सुचना अनुसार महानगरसँग जोडिएको विकास विभिन्न १० क्षेत्रगत प्रस्तावा सोधकर्तारुले ६ महिनाभित्र अनुसन्धान गर्न सक्नेछ । 


सोध अनुसन्धानको विषयमा हरुमा १) ईतिहास, कला, संस्कृति, परम्परा २) भाषा, साहित्य ३) सहरी योजना, सहरी डिजाईन, वास्तुकला, यातायात, भौतिक पूर्वाधार, ४) जनसंख्यायिकय, सामाजशास्त्रीय वा मानवशास्त्रीय अध्ययन, ५) शिक्षा, समाजिक विकास, युवा, समाजिक अभियान स्वास्थय, जीवनस्तर छन ।


त्यसैगरी ६)स्थानीय आर्थिक विकास, सहरी वित्त, उद्यमशिलता, मानव संसाधन विकास ७) शहरी अनौपचारिक क्षेत्र, गरिबी, अनाधिकृत बसोबास ८) वातावरण, दिगो विकास, विपद् व्यवस्थापान, जलवायु परिवर्तन, ९) कानुन शासन र १०) सूचना तथा सञ्चार, नविन सोच रहेका छन ।


सुचना प्रकाशित भएको मितिले ३५ दिनभित्र आवेदन सकिनेछ । अनुसन्धानकर्ताको योग्यताको हकमा सम्बिन्धीत विषयमा स्नात्तोकर तह उतिर्ण गरी २ बर्षको अनुसन्धान, अध्यापन वा विषयगत कार्य भएको अनुभव भएको हुनुपर्ने छ । 


यसका लागि आवेदनले महानगरको सहरी योजना आयोगको कार्यलय थापाथली हाईटमा सम्पर्क गर्न सक्नेछ ।

 

asteriskhubs
Home Page Bottom Second


maharjan complex