काठमाडौं । विभिन्न व्यापारको नाममा उपत्यकाका विभिन्न व्यपारी क्षेत्रमा हुण्डी संचालन गर्ने ५ जनाको समुहलाई प्रक्राउ गरेको छ ।
महानगरीय अपराध अनुसन्धान महाशाखाको अनुसार उनीहरुलाई सोमवार दिउँसो न्यूरोड र कुलेश्वर क्षेत्रमा विभिन्न व्यापारको नाममा हुण्डीको कारोवार गर्ने पाँच जनालाई पक्राउ गरेको हो ।
पक्राउ पर्नेहरु सबैले आ–आफ्ना व्यवसाय संचालन गरेका छन् । माँ चामुण्डा फ्रुट सेन्टरका संचालक ४५ वर्षीय विजय गुप्ता, रिभरसिटी सहकारी संस्थाका कर्मचारी २३ वर्षीय दीपक श्रेष्ठ, ब्राईन ईन्टरनेशनल प्रालिका कर्मचारी २९ वर्षीय संजित पाण्डे, व्यापारी अंकित अग्रवाल र रिभरसिटी सहकारी संस्थाका कर्मचारी पुजन छाला जिमी लाई पक्राउ गरेको छ ।
समाजिक सञ्जाल ह्वाटसएपको माध्यमबाट हुण्डी कारोवारा गरेको प्रहरीको प्रारम्भिक अनुसन्धानमा खुलेको छ ।
प्रहरीले उनीहरुको साथबाट नगद ५३ लाख १९ हजार रुपैयाँ र २३ लाख १३ हजार रुपैयाँ बराबरको चेक समेत बरामद गरेको छ ।
उनीहरु सबैलाई थप अनुसन्धान तथा कारवाहीको लागि राजस्व अनुसन्धान विभाग हरिहर भवन पुल्चोक ललितपुर पठाइएको छ ।
प्रहरीका अनुसार भारत, दुवई, चीन लगायतका देशमा हुन्डीको कारोवार हुने गरेको छ । कारोवारीहरुले १ लाख रुपैयाँ हुन्डी गरे वापत २ हजार रुपैयाँ कमिसन लिने गरेको छ ।
Categorized in बजार