काठमाडौं । काठमाडौं महानगरपालिका वडा १५ का अध्यक्ष ईश्वरमान डंगोलले आफ्ना वडाका जेष्ठ नागरिकलाई घरमै राष्ट्रिय परिचय पत्रको लागि व्यवस्था गरिने बताएका छन ।
परिचयपत्र बनाउनका लागि वडावासीहरुले नहात्तिरिकन आफ्नो समय अनुकुल मिलाएर आउन वडा अध्यक्ष डंगोलले अनुरोध गरेको छ ।
उनले भने,‘ यो हत्तार गर्नु पर्ने अवस्था पनि छैन, यदी कसैलाई तत्कालै आवश्यक परयो भने जिल्ला प्रशासन कार्यलय, राष्ट्रिय सभागृहबाट अनलाईन भरेर प्राप्त गर्न सक्छौ, हामीले अफलाईनबाट दिने भएकोले अहिले हत्तार गर्नु पर्दैन, प्रत्येक दिन ६० जनाको दरले भर्ने काम भईरहेको , टोली ६ महिनासम्म बस्छ, त्यसैले आत्तिएर आउनु पदैन ।’
यदी जेष्ठ नागरिकहरुलाई कुनै समस्या भए घरमै हामीले व्यवस्था गर्ने गरी परिचय पत्रको सुविधा उपलव्ध गराउने बताए । ‘अहिले जेष्ठ नागरिक पनि के के न हो भनेर आत्तिएर आएको अवस्था छ, त्यसकारण जेष्ठ नागरिकहरुलाई विशेष सुविधा दिएर हामी घर घरमै गएर फोटो खिच्ने काम गर्छौ ।’
Categorized in स्थानिय