५ भाद्र २०८३, शुक्रबार
Header

ललितपुर महानगरले विभिन्न क्षेत्रका १२ विज्ञहरु नियुक्त गरे


प्रकाशित: सोमवार, २३ माघ २०७९, १७ः२२ बजे
- महानगरखवर

काठमाडौं । ललितपुर महानगरपालिकाले विभिन्न १२ क्षेत्रका विज्ञहरु नियुक्त गरेका छन ।


ललितपुर महानगरपालिका प्रमुख चिरिबाबु महर्जनले विभिन्न क्षेत्रका विज्ञहरूलाई आफ्नो सल्लाहकारमा मनोनयन गरेका हुन ।

 
उनले महानगरको विकास र बृद्धि लागि योगदान दिन सक्ने व्यक्तिहरुलाई सल्लाहाकारमा नियुक्त गरेको बताए । 


प्रमुख महर्जनका अनुसार पद्मसुन्दर जोशी परम्परागत पानी व्यवस्थापन विज्ञ, मदनलाल न्याछ्यो अमूर्त सम्पदा विज्ञ, लोकबहादुर खड्का शिक्षा सल्लाहकार, दिलेन्द्रराज श्रेष्ठ पर्यटन विज्ञ, डा. रोहित रञ्जितकार सम्पदा सल्लाहकार, पदमकृष्ण श्रेष्ठ खेलकुद सल्लाहकार नियुक्त गरेका छन ।


त्यसैगरी, रिद्धिबाबा प्रधान समाजकल्याण विज्ञ, डा. तारामान अमात्य जनस्वास्थ्य विज्ञ, प्रा.डा. पुष्पमान अमात्य वनस्पति विज्ञ, डा. मदनकुमार पिया अर्बुद रोग विज्ञ र तीर्थमान शाक्य प्रशासन विज्ञका रुपमा मनोनित भएका छन ।


र भूकम्प प्रविधि राष्ट्रिय समाज नेपाल (एन्सेट) विपद् जोखिम न्यूनीकरण गर्ने विज्ञ संस्था छन ।
 

asteriskhubs
Home Page Bottom Second


maharjan complex