१ भाद्र २०८३, सोमबार
Header

२ जना हुण्डी कारोवारी न्यूरोडबाट साढे ७८ लाखसहित पक्राउ


प्रकाशित: आईतवार, २२ माघ २०७९, १७ः५० बजे
- महानगरखवर

काठमाडौं । काठमाडौंको न्यूरोडबाट २ जनालाई प्रहरीले ७८ लाख ५० हजार नगद सहित पक्राउ गरेको छ । 


प्रहरीका अनुसार पक्राउ पर्नेमा पक्राउ पर्नेमा कैलालीको धनगढी उपमहानरपालिका–९ घर भई हाल विजुली बजार बस्ने २३ वर्षीय किशोर चौधरी र कैलालीको गोदावरी नगरपालिका–१० घर भई हाल विजुलीबजार १० बस्ने ५९ वर्षीय दिपेन्द्रबहादुर मल्ल रहेका छन ।


उनीहरुले न्यूरोड एरियामा नेपाल राष्ट्र बैंकले आदेशविपरीत हुण्डीको कारोबार भइरहेको भन्ने सूचनाको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धानको टोलीले उनीहरुलाई पक्राउ गरेको हो ।


उनीहरुले दैनिक एक करोड बढीको रकम कारोबार गर्ने गरेको देखिएको प्रहरीले जनाएको छ ।


प्रहरीले उनीहरुलाई आवश्यक कारबाहीका लागि जिल्ला प्रहरी परिसर टेकु, काठमाडौं पठाइएको छ । 

 

asteriskhubs
Home Page Bottom Second


maharjan complex