५ जेठ २०८३, मंगलबार
Nepal Bank AD 2082 mansir

हामी विधि पुराएर काम गर्छौ, ताकी हाम्रो नीजि सम्पति किन भत्कायो भन्न नपरोस्– चिरिबाबु (भिडियो)


प्रकाशित: विहिवार, १९ माघ २०७९, २०ः०० बजे
- अजय खड्गी

काठमाडौं । ललितपुर महानगरपालिका प्रमुख चिरिबाबु महर्जनले आफुले विधि पुराएर काम गर्ने गरेको बताएका छन ।  


प्रमुख महर्जनले विहिवार महानगरको नगर प्रहरीले गरेको कार्यहरुको श्रब्य दृश्य प्रदर्शन गर्ने कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा सो कुरा बताएका हुन ।

 


‘सबै खुसी छन, किन भने हामीले पहिला हामी विधि पुराउँछु, विधि पुराईसकेपछि हामी कार्यन्वयनमा जान्छौ ताकी त्यहाँ तपाईको विधि पुगेको छैन, खोई हाम्रो पत्र कुनै जानकारी नदिईकन हाम्रो श्री सम्पति विगार्न पाईन्छ भन्ने आदी इत्यादी कुराहरु कतै बाट आएको छैन ।’ प्रमुख महर्जनले भने ।


उनले भने यो जति पनि काम गरियो यसमा नगरवासीहरुको एकदमै सहयोग छ भन्दै नगरवासीहरुलाई धन्यावाद ज्ञापन गरेका थिए । 

 


सो अवसरमा उनले ललितपुर महानगर स्मार्ट सिटीको बाटोमा अग्रसर भईरहेको, सहरको प्राय सबै क्षेत्रमा सिसिटिभीहरु जडान गरेको, स्मार्ट स्ट्रीट लाईट अन्तर्गन १४ सय वटा बत्ति जडान गर्न लागेको बारे जानकारी दिए ।

 



तस्वीर र भिडियोः बिज्जु श्रेष्ठ/महानगरखबर

asteriskhubs
Home Page Bottom Second


maharjan complex