काठमाडौँ । बैंककर्मचारीसँगको मिलोमतोमा करोडौ रकम भ्रष्टाचार गरेको अभियुक्त गेहेन्द्रबहादुर मल्ल काठमाडौको सुन्धाराबाट आईतबार पक्राउ परेको छ ।
नेपाल प्रहरी, केन्द्रीय अनुसन्धान ब्यूरोले उनलाई सुन्धाराबाट पक्राउ गरी जेल चलान गरेको छ ।
सर्वाेच्च अदालतको २०७३ कात्तिकको फैसलाअनुसार रु एक करोड चार लाख ७५ हजार जरिवना सुनाएका धादिङका ५५ वर्षीय मल्ललाई डिल्लीबजार जेल चलान गरेको ब्यूरो टोलीले जनाएको छ ।
मल्लले बैंकको कर्मचारीसँगको मिलेमतोमा पिजी स्टोर्स र सानिमा फर्निचर नामका कम्पनीको कमसल धितोलाई अस्वभाविक मूल्याङ्कन गराई विभिन्न मितिमा रु दुई करोड नौ लाख ५० हजार कर्जा निकाशा गरी भ्रष्टाचार गरेको थियो ।
Categorized in बैंक