१० भाद्र २०८३, बुधबार
Header

राष्ट्रपति र उपराष्ट्रपति निर्वाचन कार्यतालिका सार्वजनिक


प्रकाशित: सोमवार, १६ माघ २०७९, १९ः०० बजे
- महानगरखवर

काठमाडौं । निर्वाचन आयोगले राष्ट्रपति र उपराष्ट्रपति निर्वाचन कार्यतालिका सार्वजनिक गरेको छ ।


फागुन २५ गते राष्ट्रपति र चैत ३ गते उपराष्ट्रपतिका लागि निर्वाचन हुने आयोगले जनाएको छ । 


आयोगका अनुसार संघीय संसदअन्तर्गत प्रतिनिधि सभा र राष्ट्रिय सभा तथा प्रदेश सभा सदस्यहरू राष्ट्रपति र उपराष्ट्रपति निर्वाचनमा मतदाता हुनेछन । 


निर्वाचनमा संघीय सांसद ३३४ जना  र प्रदेश सांसद ५५० जनाले मतदान गर्ने छन । 


आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलका अनुसार मतदाता नामावली प्रकाशन फागुन १० गते हुनेछ भने दाबी, विरोध र उजुरीका काम त्यसपछि हुनेछन्। उजुरीउपर छानबिन फागुन ११ र १२ गते हुने गरी आयोगले कार्यतालिका बनाएको छ । अन्तिम मतदाता नामावली भने फागुन १२ मा हुनेछ ।


राष्ट्रपतिका लागि मनोनयन दर्ता फागुन १३ गते हुनेछ । उम्मेदवारीविरूद्ध उजुरी फागुन १४ मा दिन सकिनेछ। राष्ट्रपतिका लागि मतदान भने फागुन २५ गते हुनेछ।


उपराष्ट्रपतिका लागि मनोनयन दर्ता भने फागुन २७ गते हुने आयोगको कार्यतालिका छ ।
 

asteriskhubs
Home Page Bottom Second


maharjan complex