काठमाडौं । ललितपुरको ग्वार्कोमा गएराती भएको सडक दुर्घट्नमा २ जनाको मृत्यु भएको छ ।
गएराती साढे १२ बजेतिर बिएन्डबी अस्पताल अगाडिको ओरालोमा कार र ट्याक्सी ठोक्किँदा दुई जनाको मृत्यु भएको प्रहरीले जनाएको छ ।
दुर्घट्नामा परि ट्याक्सीमा सवार एक जना र कारमा सवार एक जनाको मृत्यु भएको हो । बा २ ज ३४२० नम्बरको ट्याक्सी र बा ४ च १ नम्बरको कार ठोक्किएका हुन ।
ट्याक्सीमा सवार सुनसरी घर भई ललितपुर महानगरपालिका ताल्छिखेल बस्ने ४७ वर्षीय सरोजकुमार विक र कारमा सवार चितवन घर भई टोखा नगरपालिका–७ ग्रीनल्यान्ड बस्ने प्रकाश आचार्यको मृत्यु भएको हो ।
टयाक्सीमा ६ जना थिए भने कारमा २ जना । अन्य ६ जनालाई सामान्य चोट लागेको प्रहरीले बताए ।
Categorized in समाज