२० आषाढ २०८३, शनिबार
Nepal Bank AD 2082 mansir

भूमिसम्बन्धी जानकारी दिन ‘भूमि सुशासन’ नामक एप्स संचालनमा 


प्रकाशित: आईतबार, ६ साउन २०७५, २१ः३९ बजे
- महानगरखबर

काठमाडौं । जग्गा, जमिनबारे सर्वसाधरण सहजढंगले जानकारी दिने उद्देश्यले कृषी, भूमि व्यवस्था तथा सहकारी मन्त्रालयले ‘भूमि सुशासन’ नामक एप्स संचालनमा ल्याएको छ ।

 
एप्समा मन्त्रालयका भूमिसम्बन्धी सेवाको सम्पूर्ण जानकारी, भूमि चाँजसम्बन्धी जानकारी, मालपोत, नापीलगायतका कार्यालयमा दिइने निवेदनका ढाँचा डाउनलोड गर्ने व्यवस्थासमेत रहेको छ ।

 
एप्समा मालपोत र नापी कार्यालयको ठेगानासहितको विवरण पनि एप्समा समेटिएको छ । त्यस्तै भूमिसम्बन्धी कार्यालय, त्यहाँबाट प्रदान गरिने विभिन्न सेवा, आफूलाई चाहिने कार्यालय पत्ता लगाउने तरिका र नापी क्यालकुलेटर समावेश गरिएको छ ।

 
एप्सबाट माध्यबाट मालपोत, नापी र भूमिसुधार कार्यालयका मुख्य सेवाको विवरण आम नागरिकले सजिलै प्राप्त गर्न सकिने एप डेभलपकर्ता तथा नक्साका संस्थापक उत्तम पुडासैैनीले जानकारी दिएका छन् । 


एपमा राखिएको बडापत्रमा कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्रालका सबै विभाग र कार्यालयबाट प्रदान गरिने सेवा, ती सेवा लिन आवश्यक कागजात, लाग्ने दस्तुर, समय, जिम्मेवार अधिकारीको विवरण राखिएको छ । 


एप्पमा सातै प्रदेश र ७५३ स्थानीय तहको नक्सासमेत उपलब्ध छ । 
 

asteriskhubs
Home Page Bottom Second


maharjan complex