काठमाडौं । काठमाडौं महानगरपालिका वडा नं. २५ ले आईतवार राष्ट्रिय परिचयत्र फारम भर्ने भएको छ ।
वडाले एक सुचना जारी परिचयपत्र बनाउनको लागि आवश्यक कागजातसहित आउन स्थानीय वडावासीलाई आव्हान गरेको छ ।
सक्कल कागजात सहित कन्यामन्दिर माध्यमिक विद्यालयमा आउन अनुरोध गरेको छ ।
सोका लागि नागरिकता, बसाई सराई भएको सो प्रमाण, नावालक भए जन्मदर्ता, विवाहित भए विवाह दर्ता र जन्ममिति नखुलेको भए सो को प्रमाणपत्र चाहिने छ ।
Categorized in स्थानिय