२० आषाढ २०८३, शनिबार
Nepal Bank AD 2082 mansir

मेलम्चीले खाईदियो महानगरको इन्टरेनट !


प्रकाशित: आईतबार, ६ साउन २०७५, २०ः२० बजे
- महानगरखबर

काठमाडौं । काठमाडौं महानगरपालिकाले सार्वजनिक स्थानमा राखेको इन्टेरनेट मेलम्ची खानेपानी पाईप विछ्याउने क्रममा प्रयोगमा समस्या उत्पन्न भएको छ । 


काठमाडौ महानगरपालिका र ईन्टरनेट प्रदायक संस्था वल्र्ड लिंक विच भएको सहमति अनुसार काठमाडौको ७ स्थानमा सर्वसाधरणको लागि निःशुल्क इन्टरनेट सुविधा दिन जडान गरेको थियो ।

 
तर मेलम्ची खानेपानीको पाइप राख्ने काम भइरहँदा केही स्थानमा इण्टरनेटको तार केही समयको लागि काट्नुपर्ने भएकाले उक्त सेवामा समस्या कामपाले जनाएको छ ।

 
काठमाडौंको पशुपतिनाथ क्षेत्र, बालाजु उद्यान, शंखपार्क, स्वयम्भू, बौद्ध र हनुमानढोका दरबार क्षेत्रमा निःशुल्क इण्टरनेट जडान गरिएको थियो । 


अहिले जडान गरिएका सबै स्थानमा १० एमबीपीएस क्षमताको इण्टरनेट राखिएको छ । सबै स्थानमा गरी दैनिक २०० नागरिकले मात्र इण्टरनेट सुविधा प्रयोग गर्ने अनुमान कामपाले गरेको थियो ।

asteriskhubs
Home Page Bottom Second


maharjan complex