६ आषाढ २०८३, शनिबार
Nepal Bank AD 2082 mansir

दिवंगतहरुको सम्झनामा काठमाडौंमा दीप प्रज्वलन


प्रकाशित: सोमवार, २ माघ २०७९, २१ः०० बजे
- महानगरखबर

काठमाडौं । पोखरा विमान दुर्घट्नामा ज्यान गुमाएकाहरुको नाममा काठमाडौंमा दीप प्रज्वलन गरिएको छ ।


सोमवार काठमाडौंको माईतीघर मण्डलमा विभिन्न संघ, संस्था तथा युवाहरुले सामूहिक रुपमा दीप प्रज्वलन गरेका छन । 


दुर्घटनामा ज्यान गुमाएकाहरुप्रति श्रद्धाञ्जली अर्पण गर्न सोमबार माइतीघरमा दीप प्रज्वलन गरिएको हो । दीप प्रज्वलनमा सहभागीहरुले प्लेकार्ड बोकी विभिन्न सन्देशहरु थोत्रा जाहाज हटाउनु पर्ने, जहाजको परिक्षण उडान गर्नु पर्ने लगायत लेखिएको थियो । 


त्यसैगरी, काठमाडौंको बौद्धमा पनि युवा समूहले दिवंगतहरुको सम्झनामा दीप प्रज्वलन गरेका छन भने देशका विभिन्न जिल्लाहरु गोरखा लगायत विभन्न ठाउँमा दीप प्रज्वलन गरी श्रद्धाञ्जली दिएका छन ।

 
आइतबार पोखरामा भएको यती एयरलाइन्सको विमान दुर्घटनामा ६९ जनाको मृत्यु भएको छ । ३ जना अझै बेपत्ता छन ।

 

asteriskhubs
Home Page Bottom Second


maharjan complex