काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र सत्तारुढ गठबन्धन नेकपा एमालेका अध्यक्ष केपीविच बालकोट निवासमा भेटघाट भएको छ ।
निरन्तर भेटघाटविच सोमवार पनि दुई नेताविच भेटघाट भएको हो । उनीहरुको बुधवार हुने सभामुख निर्वाचनको विषयमा छलफल भएको बुझिएको छ ।
त्यसैगरी मन्त्रीपरिषद् विस्तार लगायत समसामयिक राजनीतिक घट्नाक्रममा पनि कुराकानी भएको छ ।
पछिल्लो समय दुवै नेताविच मन्त्रिपरिषद विस्तारलाई लिएर पटक पटक भेटघाट भएपनि भागबण्डको निष्कर्ष नहुँदा मन्त्रिपरिषद विस्तार अलमलमा रहेको छ ।
Categorized in राष्ट्रिय