काठमाडौं । पछिल्लो अपडेट अनुसार पोखरा विमानमा दुर्घट्ना परेकाहरुमध्ये ३२ जनाको शब निकालिएको छ । शवलाई गण्डकी अस्पतालमा लगिएको छ ।
आईतवार विहान साढे १० बजेतिर काठमाडौंबाट उडेको एटिआर ७२ विमान पोखरा महानगरपालिका–१५ नयाँ गाउँस्थित सेती नदीको खोँचमा दुर्घटना भएको हो ।
प्रहरी अधिकारीहरुका अनुसार सो विमानले सन्तुलन गुमाएपछि ११ बजेपतिर दुर्घट्ना हुन गएको हो ।
अहिले जहाजमा लागेको आगो नियन्त्रणमा नियन्त्रणमा आईसकेको छ । विमानमा ७२ जना सवार रहेको खुलेको छ ।
काठमाडौंबाट ६८ जना यात्र र चार जना चालक दलका सदस्य लिएर पोखराका लागि यो जहाज उडेको थियो ।
दुर्घटनामा पर्नेमा भारतका ५ जना, रसियाका ४ जना, कोरियाका २ जना, आयरल्याण्ड, अर्जेन्टिना, अष्ट्रेलिया र फ्रान्सका १/१ जना रहेका छन ।
विस्तृत विवरण आउन अझै बाँकी नै रहेको छ ।

तस्वीरहरुः गणेश गिरी/फेसबुक
Categorized in राष्ट्रिय