काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ मन्त्रीपरिषद् विस्तार गर्ने तयारी गरेको छ ।
प्रधानमन्त्री दाहालले मन्त्रिपरिषद् विस्तारलगायत विषयमा छलफल सत्तारुढ गठबन्धनको बैठक बोलाएको छ । बैठक वस्नु अघि प्रधानमन्त्री पुष्पकमल दाहाल र एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच वार्ता भएको छ ।
प्रधानमन्त्री निवास बालुवाटारमा मन्त्रिपरिषद् विस्तार र सभामुख, उपसभामुख निर्वाचनलगायत विषयमा दाहाल र ओलीबीच छलफल भएको हो ।
दाहाल र ओलीबीचको छलफल सकिएपछि सत्तारुढ गठबन्धनको बैठक बालुवाटारमा नै बस्न लागेको छ ।
यस अघि नै सत्तारुढ दलहरु एमाले, रास्वपा, राप्रपा, माओवादीविच मन्त्रालय बाँडफाँडको टुंगो लागेको छ ।
Categorized in राष्ट्रिय