२५ आश्विन २०८३, आइतबार
Header

प्रधानमन्त्री दाहालले पाए २६८ सांसदको विश्वासको मत 


प्रकाशित: मंगलवार, २६ पुस २०७९, २१ः०० बजे
- महानगरखबर

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहालले २६८ सांसदको विश्वासको मत पाएका छन । 


मंगलवार प्रधानमन्त्री दाहालले संसदमा विश्वासको मत संविधानको धारा ७६ (२) बमोजिम प्रधानमन्त्रीमा नियुक्त भएका दाहालले संविधानको धारा ७६ (४) को व्यवस्थाबमोजिम प्रतिनिधिसभाबाट विश्वासको मत लिएका हुन ।


उनलाई संसदको सबैभन्दा ठुलो दल नेपाली कांग्रेसले पनि विश्वासको मत दिएपछि प्रधानमन्त्री दाहालल शक्तिमान प्रधानमन्त्री बनेका छन । 


प्रतिनिधिसभामा २७५ सदस्यमध्ये २६८ सांसदहरुले प्रधानमन्त्री दाहालाई विश्वासको मत दिएका हुन । मंगलबार भएको मतदानमा २७० सांसदमात्रै सहभागी भएका थिए ।


विपक्षमा २ मत खसेको छ । नेपाल मजदुर किसान पार्टीका प्रेम सुवाल र राष्ट्रिय जनमोर्चाका चित्रबहादुर केसीबाहेक सबै दल र स्वतन्त्र सांसदहरूले प्रधानमन्त्री दाहाललाई विश्वासको मत दिएका छन ।


दाहाललाई कांग्रेसका ८५ सांसदले विश्वासको मत दिएका छन । सांसदहरु किशोरसिंह राठोर, मनोरमा शेरचन र अम्बिका बस्नेत भने मंगलबारको बैठकमा अनुपस्थित थिए ।


सत्ता गठबन्धनमा रहेका दलहरू नेकपा एमालेका ७९, नेकपा माओवादी केन्द्रका ३२, राष्ट्रिय स्वतन्त्र पार्टीका २०, राष्ट्रिय प्रजातन्त्र पार्टीका १३, जनता समाजवादी पार्टीका १२, जनमत पार्टीका ६, नागरिक उन्मुक्ति पार्टीका ४ र तीन स्वतन्त्र सांसदले मत दिएका छन् भने नेकपा एकीकृत समाजवादीका १० र लोकतान्त्रिक समाजवादी पार्टीका ४ सांसदले सरकारमा सहभागी नभएपछि विश्वासको मत दिएका छन ।


दाहाल १० पुसमा सात दल र तीन स्वतन्त्र गरी १६९ सांसदको समर्थनमा प्रधानमन्त्री नियुक्त भएका थिए । 



तस्वीरः बालकोट
 

asteriskhubs
Home Page Bottom Second


maharjan complex