काठमाडौं । नेपाली कांग्रेसका नेता तथा पूर्वमन्त्री स्व. नविन्द्रराज जोशीको सम्झाना दिपप्रज्वलन गरिएको छ ।
शनिवार साँझ काठमाडौंको याट्खा बहालमा स्व. जोशीको ६० औं जन्मजयन्तीको अवसरमा दिपप्रज्वलन गरिएको हो ।
स्व. जोशीको धर्मपत्नी तथा सांसद सपना भण्डारीले मैनवती बालेर कार्यक्रमको शुभारम्भ गरिएको थियो ।
सो अवसरमा कार्यक्रममा उपस्थित काठमाडौं महानगरपालिका वडा २४ का अध्यक्ष विनोद भण्डारी, १९ वडा अध्यक्ष राजेश श्रेष्ठ, २० वडा अध्यक्ष राजेन्द्र श्रेष्ठ लगायतले मैन बत्ति बालेका थिए ।
कार्यक्रमा स्थानीय, शुभचिन्तक तथा नेपाली कांग्रेसका नेता तथा कार्यकर्ताहरुको उपस्थिती रहेको थियो ।
आजै शान्तिबाटीका नेपाल विद्यार्थी संघले स्व. जोशीको सम्झनामा दीपप्रज्वलन गरेको थियो ।





तस्वीरहरुः बिज्जु श्रेष्ठ/महानगरखबर
Categorized in समाज