६ आषाढ २०८३, शनिबार
Nepal Bank AD 2082 mansir

बाबुराम र प्रचण्डविच एकता हुँदै


प्रकाशित: शनिवार, २३ पुस २०७९, २०ः३० बजे
- महानगरखवर

काठमाडौं । नेकपा माओवादी केन्द्र अध्यक्ष पुष्पकमल दाहाल र नेपाल समाजवादी पार्टी(नेसपा) अध्यक्ष बाबुराम भट्टराईविच एकता हुने भएको छ । 


शनिबार प्रधानमन्त्री समेत रहेका माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड र नेसपाका अध्यक्ष भट्टराईबीच बालुवाटारमा भएको छलफलपछि पार्टीको एकता छिटो कुरा चलेको थियो । 


माओवादीले यो छलफल लगत्तै बृहत बाम एकताको लागि कृष्णबहादुर महराको नेतृत्वमा पाँच सदस्य वार्ता टोली बनाएको छ । 


पार्टी एकतापछि पुष्पकमल दाहाल प्रचण्ड र डा। बाबुराम भट्टराई ७ वर्षपछि फेरि एउटै पार्टीमा हुने छन् । भट्टराईले २०७२ सालको ९ असोजमा माओवादी परित्यागको घोषणा गरेका थिए । 


नेसपाले ४ मंसिरको प्रतिनिधिसभा चुनाव माओवादी केन्द्रकै चुनाव चिह्नबाट लडेको थियो । नेसपाले  आईततवार बोलाएको राजनीतिक समितिको बैठकले पार्टी एकतासम्बन्धी वार्ताका लागि टोली बनाउने छ । 

 

asteriskhubs
Home Page Bottom Second


maharjan complex