काठमाडौं । उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेको नागरिकता र राहदानी विवादमा सर्वोच्च अदालतले अन्तरिम आदेश नदिने भएको छ ।
शुक्रवार भएको संवैधानिक इजालसले उनको मुद्दामा अन्तरिम आदेश नदिने निर्णय गरेको हो ।
यो आदेशसँगै तत्कालका लागि लामिछानेको मन्त्री र सांसद पद भने यथावत् रहने भएको छ ।
उनले अमेरिकी नागरिकता लिएपछि नेपाली नागरिकता स्वतः रद्द भएको तर उनले पुरानै नागरिकताले राहदानी बनाएको, नयाँ पार्टी दर्ता गरेको र चुनाव लडेको भन्दै मुद्दा परेको थियो ।
अमेरिकी नागरिकता त्याग नगरी झुटा विवरण पेश गर्दै नेपाली राहदानी बनाएको आरोपमा प्रहरीले उनीमाथि अनुसन्धान गरिरहेको थियो ।
अदालतले उक्त मुद्दालाई अग्राधिकार भने दिएको छ ।
Categorized in राष्ट्रिय