काठमाडौं । प्रधानमन्त्री पुुष्पकमल दाहाल ‘प्रचण्ड’ पुस २६ गते मंगलवार विश्वासको मत लिने भएको छ ।
प्रधानमन्त्री दाहालले संसदको विश्वासको मत लिन संघीय संसदको महासचिवलाई पत्राचार गरेको छ । संवैधानिक व्यवस्था अनुसार मिलिजुली सरकारले विश्वासको मत लिनुपर्ने हुन्छ ।
विश्वासको मत लिन प्रतिनिधिसभामा रहेको २७५ संसदहरु मध्ये १३८ संसदको विश्वास लिनुपर्ने हुन्छ ।
नेकपा एमाले, नेकपा माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी, जनता समाजवादी पार्टी, जनमत पार्टी, नागरिक उन्मुक्ति पार्टी र केही स्वतन्त्र सांसदको समर्थनमा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड १० पुसमा प्रधानमन्त्री नियुक्त भएका थिए ।
Categorized in राष्ट्रिय