४ भाद्र २०८३, बिहिबार
Header

खुलामञ्चमा पार्किङ निर्माण प्रक्रिया रोक्न महानगर प्रमुखलाई ज्ञापन पत्र बुुझाईदै


प्रकाशित: आईतवार, १७ पुस २०७९, २०ः०० बजे
- महानगरखबर

काठमाडौं । खुलामञ्चमा भूमिगत पार्किङको विरोधमा अकुँपाई टुँडिखेलका अभियान्ताहरुले काठमाडौं महानगरपालिकामा ज्ञापन पत्र बुझाउने भएको छ ।


सोमवार विहान पोनै एघार बजे महानगरले खुलामञ्चमा निर्माण गर्नको सुरु गरेको डिपिआर प्रक्रिया अविलम्ब खारेजीको माग गर्दै महानगर प्रमुख बालेन्द्र साह (वालेन) र उपप्रमुख सुनिता डंगोललाई ज्ञापन पत्र बुझाउने भएको अभियान्ता शुसन बैद्यले जानकारी दिए ।


अभियान्ता बैद्यले आम महानगरवासीलाई सार्वजनिक आव्हान गरेर सो ज्ञापन पत्र बुझाउन लागिएको बताए । उनले अभियान्ताहरुसँगै महानगरवासीहरुको पनि उल्लेखिय उपस्थिती हुने बताए ।
सार्वजनिक गरिएको आव्हानमा भनिएको छ,‘प्राचिन हिटी प्रणालीसँग जोगिएको खुलामञ्चको प्राकृतिक रिचार्ज सिस्टम सँधैको लागि मासिने र अन्य नेगेटिभ वातावरिणीय प्रभाव पनि पर्ने भएकोले खुलामञ्च अण्डरग्राउण्ड पार्किङको सोचनै गलत छ ।’


खुलामञ्च प्राकृतिक, धार्मिक, सांस्कृतिक, समाजिक, ऐतिहासिक रुपमा महत्वपूर्ण तथा विपद पर्दा नागरिकको आश्रयस्थल पनि भएको खुलामञ्चमा पार्किङ निर्माणको प्रक्रिया गलत रहेको भनिएको छ । 

 

यो पनि पढौं  ‘खुलामञ्चमा भूमिगत पार्किङ व्यापारी पोस्ने परियोजना मात्र होः’ अभियान्ता बैद्य (भिडियो)

asteriskhubs
Home Page Bottom Second


maharjan complex