६ आषाढ २०८३, शनिबार
Nepal Bank AD 2082 mansir

प्रधानमन्त्री प्रचण्डको प्रतिज्ञाः ‘भाषण कम र काम धेरै’


प्रकाशित: शनिवार, १६ पुस २०७९, १८ः०० बजे
- महानगरखबर

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले भाषण काम गर्ने र काम धेरै गर्ने प्रतिज्ञा गरेका गरेका छन ।


प्रधानमन्त्री प्रचण्डले आफ्नो कार्यकालमा जनता र देशको पक्षमा काम गरेर प्रस्तुत हुने प्रतिज्ञा गरेको छ ।


शनिवार चितवनको नारायणी नमूना माध्यमिक विद्यालयको हिरक महोत्सव समारोहलाई शनिबार सम्बोधन उनले सो कुरा बताएका हुन । 


प्रधानमन्त्री बनेपछि पहिलोपटक गृहजिल्ला चितवन पुगेका दाहालले नेपाली जनताको आवश्यकतालाई सम्बोधनभ गर्दै जाने प्रतिबद्धता लिएको बताए ।


उनले भने,‘मैले यसपटक भाषण कम, काम र जनताको सेवा धेरै गरेर प्रस्तुत हुने प्रतिज्ञा गरेको छु ।’


भ्रष्टाचार र बेथिति नियन्त्रण तथा जनताले विभिन्न ठाउँमा पाइरहेका सास्तिहरूलाई अन्त्य गर्ने निर्णय पनि पहिलो मन्त्रिपरिषद्बाट गरिएको उनले बताए ।

 

asteriskhubs
Home Page Bottom Second


maharjan complex