काठमाडौँ । काठमाडौं प्रहरीको एक तथ्यांक अनुसार गत बर्षको आर्थिक बर्ष भन्दा यो आर्थिक बर्षमा सार्वजनिक अपराधको मुद्दा बढेको जनाएको छ ।
आर्थिक बर्र्ष २०७४÷०७५ मा ३ हजार ७ सय ८३ पुगेको छ भने अघिल्लो आर्थिक बर्ष २०७३÷७४ मा २ हजार २ सय ६९ वटा सार्वजनिक अपराधको मुद्दा दर्ता भएको थियो । गत आर्थिक बर्षभन्दा यो बर्ष १५ सय १४ बढि सार्वजनिक मुद्दा दर्ता भएको हो ।
प्रहरी परिसर काठमाडौंको तथ्यांक अनुसार दैनिक औषतमा १९ उजुरी पर्ने गरेको छ भने दैनिक २५ जना पक्राउ पर्ने गरेको छ ।
काठमाडौंमा मात्रै आर्थिक वर्ष २०७४÷७५ मा ६ हजार ८ सय ४१ वटा मुद्दा दर्ता भए । यो संख्या गत आर्थिक वर्ष भन्दा ३३ प्रतिशतले बढी हो ।
अघिल्लो आर्थिक वर्ष २०७३÷७४ मा प्रहरी परिसर काठमाडौंमा ४ हजार ५ सय ८२ वटा मुद्दा दर्ता भएका थिए ।
प्रहरीले आर्थिक वर्ष २०७४÷७५ मा ६ हजार ८ सय ४१ मुद्दा सम्बद्ध ९ हजार १ सय २ जनालाई पक्राउ गरेको थियो । यो वर्षमा विभिन्न मुद्दाका ६ सय ९२ जना फरार अभियुक्तहरु रहेका छन ।
Categorized in समाज